Logo

एनबीआई र एनएमबि बैंकबीच सम्झौता, कर्मचारीलाई ५० लाखको तालिम

एनबीआई र एनएमबि बैंकबीच सम्झौता, कर्मचारीलाई ५० लाखको तालिम



काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) र एनएमबि बैंकबीच बिहीबार सम्झौता भएको छ ।

सम्झौता अनुसार एनबीआईले बैंकका कर्मचारीहरुको कार्य दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छन भने बैंकले कर्मचारीहरुका लागि एनबीआईबाट ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गर्ने भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एनबीआईको प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL