Logo

माच्छापुच्छ्रे बैंकले माग्यो १०१ जना कर्मचारी, कुन पदमा कति ?

माच्छापुच्छ्रे बैंकले माग्यो १०१ जना कर्मचारी, कुन पदमा कति ?



काठमाडौं । माछापुच्छ्रे बैंकले १ सय १ जना कर्मचारी माग गरेको छ । बैंकले आफ्नो नयाँ विस्तार गरेको र गर्न लागेका थप शाखाका लागि नयाँ कर्मचारी माग गरेको हो ।

बैंकले सहायक स्तरदेखि शाखा प्रमुखसम्मका लागि कर्मचारी माग गरेको छ । जसमा ६ जना शाखा प्रमुखका साथै सहायक स्तरको अधिकृत तहमा ७ जना रिलेसनसीप म्यानेजर माग गरिएको छ । सहायक स्तरको अधिकृतिका लागि आवेदन दिन स्नातकोत्तर गरी बाणिज्य बैंकहरुमा कम्तीमा पनि ३ बर्ष काम गरेको हुनुपर्नेछ ।

यसैगरी बैंकले सबैभन्दा बढी सहायक स्तरका ७० जना कर्मचारी माग गरिएको छ । सो पदका लागि बिबिए तथा बिबिएस गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

बैंकले म्यानेजमेन्ट ट्रेनीको लागि १५ जना कर्मचारीको माग गरेको छ । सो पदमा आवेदन दिनका लागि स्नातकोत्तरमा ६० प्रतिशत अंक ल्याएको हुनुपर्नेछ ।

बैंकले सामान्य प्रसासनको लागि पनि ३ जना सहायक स्तरको अधिकृत माग गरेको छ । जसमा २ बर्षको बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ ।

उक्त पदहरुमा बैंकको वेवसाईटमार्फत यही भदौं ३१ गतेसम्म आवेदन दिन सकिनेछ

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL