Logo

२७ स्थानीय तहमा पुग्यो एनआईसी एशिया बैंक, थप ७ स्थानमा शाखा खुल्दै

२७ स्थानीय तहमा पुग्यो एनआईसी एशिया बैंक, थप ७ स्थानमा शाखा खुल्दै



काठमाडौं । एनआईसी एशिया बैंकले २७ स्थानीय तहमा आफ्नो शाखा विस्तार गरेको छ ।

बैंकले नेपाल सरकारको नीति बमोजिम स्थनीय तहमा शाखा विस्तार गरेको हो ।

बैंकले निकट भविश्यमानै थप ७ स्थानमा शाखा विस्तार गर्ने तयारी समेत गरेको छ ।

बैंकले २ सय १० शाखा कार्यालय, २ सय ३ एटिएम, ६ एक्स्टेन्सन काउण्टर तथा ६ शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले करीब १ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL