Logo

सिद्धार्थ बैंकको सीईओमा गौतम नियुक्त, बैंकिङ क्षेत्रमा ३० बर्षे अनुभव

सिद्धार्थ बैंकको सीईओमा गौतम नियुक्त, बैंकिङ क्षेत्रमा ३० बर्षे अनुभव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतम नियुक्त भएका छन् । बैंकको बुधबार बसेको संचालक समितिको बैंठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

यस अघि उनी सोही बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । संचालक समितिले उनलाई आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । गौतमले आजैका दिनदेखि ४ बर्षसम्मका लागि कार्यभार सम्हाल्नेछन् ।

बैंकको यस अघिका सीईओ सुरेन्द्र भण्डारीले छाडेर कुमारी बैंक गएसँगै उक्त पद रिक्त थियो । कृषि विकास बैंकबाट आफ्नो बैंकिङ करियरको सुरुवात गरेका गौतमको सो क्षेत्रमा ३० बर्षभन्दा लामो अनुभव रहेको छ ।

उनले यस सिद्धार्थ बैंकमा नै १५ वर्ष काम गरिसकेका छन् । साथै उनले नविल बैंकमा पनि लामो समय काम गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL