Logo

आन्तरिक राजस्व कार्यालयको राजस्व संकलन ग्लोबल आइएमई बैंकबाट

आन्तरिक राजस्व कार्यालयको राजस्व संकलन ग्लोबल आइएमई बैंकबाट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबारदेखि ४ वटा आन्तरिक राजस्व कार्यलयहरु, लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङको राजश्व संकलन सेवा सुरु गरेको छ । बैंकले लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङमा रहेका आन्तरिक राजस्व कार्यालय परिसरमा काउण्टर स्थापना गरिे राजस्व संकलन शुरुवात गरेको हो ।

यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजस्व  संकलन गरिरहेको छ ।

त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीतिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर, यातायात व्यवस्था कार्यालय मोटरसाईकल सतुङ्गललगायत  सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका हरेक क्षेत्र र बर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उदेश्यले बैंकले आफ्ना ११२ शाखा, ११४ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL