Logo

एनआईसी एशियाको सहायक सीईओमा न्यौपाने र पाण्डे नियुक्त

एनआईसी एशियाको सहायक सीईओमा न्यौपाने र पाण्डे नियुक्त


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले दुई जना सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । बैंक संचालक समितिले रोशनकुमार न्यौपाने र सुधिर पाण्डेलाई सहायक सीईओमा नियुक्त गरेको हो ।

सहायक सीईओमा नियुक्त न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुन् । १० वर्ष अधि आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया बैंकिङ सेवामा प्रवेश गरेका न्यौपाने यस क्षेत्रमा वीनतम प्रणालीको प्रयोग गर्दै बैंकलाई नयाँ उचाइमा पुर्याउन सफलता हात पारेका थिए ।

त्यसै गरी २०४६ सालबाट तत्कालिन नेपाल ग्रीण्डलेज बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पाण्डे विभिन्न बैंक हुँदै एन आईसीएशिया बैंकको विभिन्न विभागमा लामो समय देखि विभागीय प्रमुखको रुपमा काम गर्दै आएका छन् ।

लामो बैंकिङ अनुभव सम्हालेका कुशल व्यवस्थाप पाण्डे बैंकिङ क्षेत्रको समग्र विकासको लागि अन्तराष्ट्रिय मान्यता र नविनतम सोचलाई नेपालको बैंकिङक्षेत्रमा भित्र्याउन उल्ल्ेख्य भुमिका निर्वाह गरेका थिए । उनको कार्य संयोजनले बैंकलाई आगामी दिनमा प्रगति हासिल गर्न ठूलो मद्दत पुग्ने बैंकको विश्वास छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL