Logo

१५ दिनभित्र स्टाण्डर्ड चाटर्डको एफपीओ बाँडफाँड गर्न निर्देशन, बजारमा ३८ अर्ब आउने

१५ दिनभित्र स्टाण्डर्ड चाटर्डको एफपीओ बाँडफाँड गर्न निर्देशन, बजारमा ३८ अर्ब आउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्टाण्डर्ड चाटर्ड बैंकले जारी गरी फरदर पब्लिक अफरिङ (एफपीओ) जारी मितिबाट ५० दिनभित्र बाँडफाँड गर्न निर्देशन दिएको छ । बैंकको एफपिओ बाडफाड गर्न ढिलाई हुँदा बजारमा तरला अभाव भएको भन्दै तत्काल वितरण गर्न निर्देशन दिएको हो ।

विक्री बन्द भएको ५० दिनभत्रि बाँडफाँड गरिसक्न बोर्डले आज निर्देशन दिएको हो । सो सम्बन्धमा बोर्डले एफपीओ विक्री प्रबन्धक एनएमबी क्यापिटललाई निर्देशन दिएको हो । जस अनुसार बैशाख २३ गतेभित्र एफपीओ बाँडफाँड गरिसक्नुपर्ने हुन्छ ।

तत्काल बजारमा साढे २ लाख लगानीकर्ताको ३८ अर्ब रुपैयाँ बजारमा आउने र त्यसले बजारमा देखिएको तरलता समस्या समाधान गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL