Logo

मेगा र टुरिजमबीच मर्जरको सैद्धान्तिक सहमति, कति होला सेयर स्वाप रेसियो ?

मेगा र टुरिजमबीच मर्जरको सैद्धान्तिक सहमति, कति होला सेयर स्वाप रेसियो ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेगा बैंक र टुरिज्जम डेभलपमेन्ट बैंक बीच मर्जर सहमति भएको छ । यी दुई संस्थाबीच विहीबार मर्जर सम्बन्धी सैद्धान्तिक सहमति भएको हो ।

सहमति पत्रमा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र टुरिज्जम डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष प्राडा पुष्पराज कँडेलले हस्ताक्षर गरेका हुन् ।

मर्जरसँगै बैंकको नाम मेगा नै रहने छ भने संचालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत मेगा बैंककै रहने छन् । यी दुई संस्थाबीच मर्जर हुँदा सेयर स्वाप रेसिया मेगाको १०० हुँदा टुरिजमको ९५ रहने सैद्धान्तिम सहमति भएको छ । तर, यस विषयमा डीडीए रिपोर्टले मात्र अन्तिम रुप दिनेछ बैक स्रोतको भनाइ छ ।

मेगा बैंकको हालको चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ भने टुरिजमको ९१ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL