Logo

आईएमईले दियो सहकारीलाई प्रशिक्षण, सहकारीमार्फत रेमिट्यान्स सेवा विस्तार

आईएमईले दियो सहकारीलाई प्रशिक्षण, सहकारीमार्फत रेमिट्यान्स सेवा विस्तार


बिजखबर संवाददाता
27
Shares

आईएमई ग्रूपले पूर्वी क्षेत्रका सहकारीहरुलाई प्रशिक्षण दिएको छ । आईएमईले सुनसरी र मोरङका १ सय ४ वटा सहकारीलाई समेटेर कार्यशाखा गोष्ठी गरेको हो ।

कार्यक्रम आईएमई ग्रूप अन्तरगतको इन्टरनेशनल मनी ट्रान्सफर (आईएमई), आईएमई को–अपरेटिभ्स सर्भिस र  आइएमई अटोमोटिभ्सको संयुक्त आयोजनामा ‘रेमिटेन्समा सहकारीको भूमिका’ सम्बन्धी एक दिने कार्यशाला गोष्ठी भएको थियो । कार्यक्रम सहकारी विभागका रजिष्ट्रार काशीनाथ मरासिनीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

उक्त गोष्ठीमा सहकारी विभागका उप–रजिष्ट्रार नारायणप्रसाद ज्ञवाली, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, केन्द्रीय चिया सहकारी संघका अध्यक्ष, डिभिजन सहकारी कार्यालय झापा र इलामका प्रमुख एवम् आइएमई को–अपरेटिभ्स सर्भिस लिमिटेडका संचालक एवम् बरिष्ठ पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सहकारी सेवाको विविधिकरणमा रेमिटेन्सको भूमिका अहिले झन्झन् बढ्दै गएको भन्दै सवै सहकारीसँग सहकार्य गर्दै अघि बढ्ने आइएमई को–अपरेटिभ्स सर्भिस लिमिटेडका कार्यकारी अध्यक्ष योगेश्वर शर्मा ढकालले बताए । आइएमईको मुख्य प्रतिनिधि भई देशभरका सहकारीबाट आम सेवाग्राहीलाई रेमिटेन्स सेवाप्रदान गरिरहेको जानकारी दिँदै आगामी दिनमा त्यस्ता कार्यक्रमलाई अझ द्वुत गतिमा अघिबढाउने जानकारी दिए ।

यसैगरी आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेले रेमिटेन्स र सहकारी दुवै सेवा उद्योग भएकाले कामका प्रकृति मिल्दाजुल्दा हुने बताए । साथै गाउँगाउँसम्म सहकारी संजालमार्फत रेमिटेन्स सेवा विस्तार गर्न आइएमईले आइएमई को–अपरेटिभ्स सर्भिस लिमिेटेडलाई मुख्य प्रतिनिधि नियुक्तगरी सेवा विस्तार गरिरहेको जानकारी दिए ।
कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार काशीनाथ मरासिनी, उप–रजिष्ट्रार नारायण प्रसादज्ञवाली, आइएमई लिमिटेडका प्रवन्धक राजु पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL