Logo

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कन्वेयर वेल्ट संचालन, ३ मिनेटमै ब्यागेज पाईने

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कन्वेयर वेल्ट संचालन, ३ मिनेटमै ब्यागेज पाईने



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शुक्रबारदेखि ब्यागेज ह्यान्डलिङ प्रणाली (कन्वेयर वेल्ट) संचालनमा आएको छ ।

laxmi

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले उक्त कन्वेयर वेल्टको उद्घाटन गरेका हुन । कन्वेयर वेल्ट संचालनमा आएसँगै यात्रुले ब्यागेज लिनका तँछाडमछाड गर्नु पर्ने समस्या हटेको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

उनका अनुसार कन्वेयर वेल्ट संचालनमा आएपछि यात्रुले ३ मिनेटमै आफ्नो सामान पाउन सक्नेछन । उनले भने, ‘पहिलोपटक आन्तरिक विमानस्थलमा हामीले कन्वेयर बेल्ट संचालनमा ल्याएका छौं । जस्ले गर्दा यात्रुले समयमै आफ्नो सामान प्राप्त गर्ने सक्नेछन ।’

प्रतिक्रिया दिनुहोस्
MBL