Logo

सीता एयरको जहाज टिआईएमा आकस्मिक अवतरण, जहाजमा समस्या आए पछि पाईलटले गरे इन्जिन बन्द

सीता एयरको जहाज टिआईएमा आकस्मिक अवतरण, जहाजमा समस्या आए पछि पाईलटले गरे इन्जिन बन्द



काठमाडौं । सीता एयरको जहाज काठमाडौं त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआईए) मा आकस्मिक अवतरण गरेको छ । बुधबार बिहान लुक्लाबाट उडेको ९ एन–एजेएच जहाजको एउटा इन्जिनमा समस्या भए पछि काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको हो ।

laxmi

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगतका सुरक्षा बिभागका प्रमुख राजु श्रेष्ठका अनुसार जहाज उडान गर्न क्रममा नै इन्जिनमा समस्या देखेको थियो । इन्जिनमा रहेका थुप्रै प्यारामिटरहरुमा समस्या देखे पछि पाईलट आफैंले एउटा इन्जिन बन्द गरेको श्रेष्ठका भनाई रहेको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बुधबार बिहान ९ बजे उक्त जहाजले काठमाडौंमा आकस्मिक अवतरण गरेको हो । जहाजमा यात्रु नभए पनि चालक दलका सदस्य र जहाज सुरक्षित रहेको श्रेष्ठले जानकारी दिएका छन ।

तर अवको दिनमा जहाज उडान गर्नु पूर्व प्राधिकरणसँगको समन्वयमा सबै जहाजको इन्जिन परीक्षण गरे पछि मात्रै आगामी उडान निश्चित गरिने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL