Logo

होमस्टे सम्बन्धी २ दिने तालिम सम्पन्न, दक्ष जनशक्ति निर्माणमा सहयोग

होमस्टे सम्बन्धी २ दिने तालिम सम्पन्न, दक्ष जनशक्ति निर्माणमा सहयोग



काठमाडौं । भ्रमणबर्ष २०२० लाई सहयोग पुग्नेगरी आयोजना गरिएको २ दिने होमस्टे तालिम सम्पन्न भएको छ । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान), बुढानिलकण्ठ नगरपालिकाको कपन तथा ग्रामिण पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) को संयुक्त आयोजनामा गरिएको तालिम बिहीबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।

laxmi

१९ जना सहभागी उक्त तालिममा होमस्टेमा पर्यटकलाई सत्कार, भाषा, सरसफाई, फोहोर व्यवस्थापन तथा पाहुनाको स्यागतका विषयमा तालिम दिईएको थियो । तालिममा प्राप्त सहभागिलाई प्रयोगात्मक तालिम समेत दिईएको थियो ।

तालिमको सम्पन्न कार्यक्रममा बोल्दै टानका अध्यक्ष नवराज दाहालले तालिममा सहभागिहरुलाई सकिन्छ भने आफ्नै होमस्टे संचालन गर्न आग्रह गरेका छन । उनले उक्त तालिमले होमस्टेका लागि दक्ष जनशक्ति निर्माण गर्नमा ठुलो सहयोग गर्ने पनि बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL