Logo

निगमले एक महिना भित्रै सबै ग्राउण्डेड जहाज संचालनमा ल्याउने, वाई १२ जहाजले एक हप्ता भित्रै उडान भर्ने

निगमले एक महिना भित्रै सबै ग्राउण्डेड जहाज संचालनमा ल्याउने, वाई १२ जहाजले एक हप्ता भित्रै उडान भर्ने


रासस
0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमताकासाथ सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

laxmi

विमान चालक (पाइलट) को अभाव र मर्मतका लागि ग्राउण्डेड भएका जहाजलाई साता दिनदेखि एक महीनाभित्र सबै जहाज चलाउने तयारी भइरहेको निगमले जानकारी दिएको हो ।
पछिल्लो समयमा पाइलट अभावले सबै चिनियाँ जहाज ग्राउण्डेडलगायतका समाचार सञ्चार माध्यममा आएका थिए । निगमका सहायक प्रवक्ता नवराज कोइरालाले केही जहाज पाइलट अभाव तथा मर्मत भईरहेकाले पूर्णरुपमा जहाज उडाउन नसकिएको बताएका छन ।

‘वाई–१२ जहाजमध्ये केही एक साताभित्र उडाउँछौँ, बाँकी जहाजको पनि पाइलटको व्यवस्था गरी छिट्टै पूर्ण रुपमा सञ्चालन गर्ने योजनामा छौं’ कोईरालाले भने । सहायक प्रवक्ता कोइरालाका अनुसार निगमका ३ पाइलटमध्ये २ जनाले बिरामी बिदा लिएको र १ पाइलट प्रोफिसियन्सी चेक (पिपिसी) का लागि बुधबार चीन जानेछ । फर्केपछि आगामी १५ तारिखदेखि वाइ १२ को उडान सुरु गरिनेछ ।

पाइलट अभावले वाई १२ चार वटा जहाज उड्न नसकेको निगमको भनाइ छ । अहिले ३ वटा ट्वीनअटर जहाजले मात्र आन्तरिक उडान गरिरहेको छ । २ एमए–६० जहाजमध्ये एक मर्मतमा रहेको र अर्को ‘टु यर्ली’ चेकको क्रममा रहेकोले यो जहाजले पनि छिट्टै उडान भर्ने निगमले जानकारी दिएको छ ।

निगमसँग आन्तरिक उडानका लागि २ एमए ६०, ४ वाई–१२, र ३ ट्वीन अटर गरी ९ ओटा जहाजले विभिन्न २२ गन्तव्यमा उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL