Logo

नेपाल एरलाईन्सले पायो जापान उडान अनुमती, नेपाल जापान हप्तामा १४ उडान

नेपाल एरलाईन्सले पायो जापान उडान अनुमती, नेपाल जापान हप्तामा १४ उडान



काठमाडौं । नेपाल एयरलाईन्सले जापान उडानका लागि अनुमतीपत्र (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सलाई जापान उडानका लागि उडान अनुमति प्रमाण(पत्र (एओसी) दिएको निगमले जानकारी दिएको हो ।

यससँगै नेपाल र जापानबीच हालै हप्तामा १४ ओटा उडान भर्ने सम्झौता भएका छन । नेपाल एयरलाईन्सले उक्त सम्झौतापश्चात जापानको ओसाकामा उडान थाल्नेछ ।

निगमले आठ महीनाअघि विभिन्न मितिमा दुई वाइड बडी जहाज किनेको थियो । हाल पुरानै गन्तव्यमा उडान भर्दै आएका वाइड बडी जहाजबाट जापानसहित अन्य मुलुकका गन्तव्यमा उडान भर्ने निगमको योजना छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL