Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै साढे ७ करोडको चेक हरायो

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै साढे ७ करोडको चेक हरायो



काठमाडौं । एयर एसिया एक्सले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुझाएको १० ओटा चेक गायबभएको छ ।

विमानस्थल सेवा शुल्क बापत बुझाएको १० ओटा चेक विमानस्थल कार्यालयबाटै गायब भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमले जानकारी दिए । उनकाअनुसार प्राधिकरणको नाममा आउनु पर्ने करिब साढे सात करोड रुपैयाँ बराबरको उक्त चेक गायब पारिएको हो ।

विमानस्थलका एक उच्च अधिकारीकाअनुसार महाप्रवन्धक राजकुमार क्षेत्री आउनु अगावै २२ वटा चेक बाउन्स भएको र सो मध्ये १० वटा चेक हराएको हो ।

विमानस्थल कार्यालयका कर्मचारीले उक्त २२ वटा चेक प्राप्त भईसके पछि रकम नहेरी पैसा आएको भन्दै रिसिभ पेपर दिएकाले यो समस्या आएको उनको दाबी छ । ती अधिकारीका अनुसार चार्टर एकाउन्टेन्टलाई राखेर सबै रकम हेर्दा बैंकमा रकम नभएको र उक्त चेक हराएको पत्ता लागेको हो ।

एयर एसियाले दिएको १० वटा चेक हराए पछि प्राधिकरणले छानबिन सुरु गरेको महानिर्देशक गौतमले जानकारी दिए । फौजदारी मुद्दामा जान लागिएको समेत उनले बताए । गायब भएको चेकको मूल्य करिब ७ करोड ५० लाख रुपैयाँ रहेको छ ।

एयर एसियाले इन्सेन्टिभ्स टुर्स प्रालिमार्फत विमानस्थललाई उक्त चेक बुझाएको थियो । एयर एसियाले विमानस्थललाई अझै २१ करोड रुपैयाँ बक्यौता रकम तिर्न बाँकी रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL