Logo

विश्व बाताबरण दिवसमा टानको सरसफाई, स्वयम्भूको सरसफाईमा सबै एक भएर लाग्नु पर्ने

विश्व बाताबरण दिवसमा टानको सरसफाई, स्वयम्भूको सरसफाईमा सबै एक भएर लाग्नु पर्ने



काठमाडौं । विश्व बाताबरण दिवसको अवसरमा ट्रेकिंग एजेन्सीज एसोशिएशन अफ नेपाल (टान) ले पर्यटकिय क्षेत्र स्वयम्भूनाथको सरसफाई गरेको छ ।

सरसफाई कार्यक्रममा नेपाल पर्यटनबोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले विश्व सम्पदा सुचिमा रहेका स्वयम्भूनाथको सरसफाई एक दिनमात्र गरेर नहुने बताएका छन । जोशीले उक्त क्षेत्रको सरसफाईमा स्थानीयलाई जनचेतना जगाउन र सो क्षेत्रमा संधै सरसफाई गर्न सबै एक भएर लाग्नु पर्ने बताएका छन ।

टानले विश्व वातवरण दिवस २०१८ को अवसरमा विश्व सम्पदा सुचिमा रहेको स्वयम्भूको सरसफाई गरेको हो ।

सरसफाई कार्यक्रममा नेपाल पर्यटन बोर्ड, लिभ टु नेपाल, मनाङ समाज, एनएटीएचएम, नेपाल सरकारका प्रतिनिधि लगायत २ सय जनाको सहभागिता रहेको टानले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL