Logo

काठमाण्डौं-सुर्खेत पुनः सिधा हवाई सेवा शुरु, बुद्ध र नेपाल एयरलाईन्सले उडान भर्दै

काठमाण्डौं-सुर्खेत पुनः सिधा हवाई सेवा शुरु, बुद्ध र नेपाल एयरलाईन्सले उडान भर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाण्डौं । काठमाण्डौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग सिधा हवाई यतायात सेवा शुरु हुने भएको छ । दुई हप्ता भित्र सिधा हवाई सेवार्फत सुर्खेत र काठमाण्डौंलाई जोडिने पक्का भएको हो ।

करिब १ घण्टा उडान भर्नुपर्ने यो यात्रा केहि समय नियमित उडान भए पनि नाकाबन्दी लगत्तै उडान हुन सकेको थिएन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्री र प्रदेस मन्त्रीहरु बीच कर्णालीको पर्यटन बिकास सम्बन्धी छलफलमा उक्त निर्णय भएको हो ।

नाकाबन्दी लगत्तै अवरुद्ध काठमाण्डौ सुर्खेत उडानलाई पुनः संचालन गर्नेका लागि आयोजित उक्त छलफलमा मन्त्री अधिकारीले काठमाण्डांै सुर्खेत सिधा उडानका लागि आवश्यक सहयोग गर्न मन्त्रालयले कुनै कसुर बाकि नराख्ने बताए । तत्काल उडान सुचारु गर्ने र उडान सम्बन्धी समस्यालाई छलफलका माध्यमबाट समाधान गरिने मन्त्री अधिकारीले बताए ।

छलफलमा कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढाले भ्रमण बर्ष २०७५ मनाउन लागेको कर्णाली प्रदेसमा हवाई उडान भए काठमाण्डौ कर्णालीसँगै कर्णाली बासीको मुहारमा खुशी जोडिने बताए । सुर्खेत प्रदेस राजधानी भएकोले हरेक गतिबिधि बढेसँगै अबका दिनमा हिजोका जस्तो यात्रु नपाएर सेवा अवरुद्ध नहुने बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले उडान सेवा सहज बनाउन सम्बन्धित नीति ऐन कानुन मापदण्ड तथा कायएबिधि आवश्यकताका आधारमा परिवर्तन तथा परिमार्जन गरी आगामी दिनमा मन्त्रालयले सहयोग पुर्याउने बताए ।

छलफलमा नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक, नेपाल एरलाइन्स, बुद्ध एयर, तारा एयर, सिता एयर सिम्रिक एयरसहित बिभिन्न हवाई सेवा प्रदायकको उपस्थिति रहेको थियो ।

उक्त छलफलमा बुद्ध एर र नेपाल एरलाइन्सले अबको दुई हप्तामा उडान भर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा बोल्दै बुद्ध एरका निर्देशकले अबको १५ दिनमा पहिलो उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने नेपाल एरलाइन्सका प्रमुख सुगतरत्न कंसाकारले अबको २१ गते सम्ममा उडान गर्ने जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL