Logo

पोखरा र चितवनको होटलले ल्याए दशैतिहार योजना, क्राउन हिमालय र राइनोको संयुक्त प्याकेज

पोखरा र चितवनको होटलले ल्याए दशैतिहार योजना, क्राउन हिमालय र राइनोको संयुक्त प्याकेज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पोखराको क्राउन हिमालयज र सौराहाको राइनो लज एण्ड होटलले संयुक्त रुपमा दशैतिहार प्याकेज योजना ल्याएको छ ।
आन्तरिक पर्यटकलाई लक्षित गर्दै साढे २० हजार रुपैयाँमा पोखरा र सौराहा घुम्ने योजना होटलले ल्याएको हो । आन्तरिक पर्यटकलाई लक्षित गर्दै सौराहा र पोखराको प्याकेज ल्याएइको क्राउन हिमालयजका कार्यकारी निर्देशक आग्रह अर्यालले बताए ।

हाल पोखरा चितवन हवाई उडान शुरु भएकोले सोही अनुरुप संयुक्त प्याकेज ल्याएको बताए । बुद्ध एयरले शुक्रबारदेखि पोखरा चितवन हवाई उडान सुरु गरेको थियो । बुद्ध एयरको पहिलो उडान पोखरा–भरतपुर विहान १० बजे र भरतपुर–पोखरा उडान १०ः३५ मा भइरहेको छ । भरतपुर–पोखराको हवाई भाडा दर ३ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ ।

यो प्याकेज अनुसार २ जनाले दुई रात सौराहा र दुई रात पोखरामा होटलमा बस्न पाइनेछ । यो प्याकेजमा ब्रेकफाष्ट पनि समेटिएको छ । अर्यालका अनुसार यो प्याकेजमा पोखरामा साराङकोट तथा वुद्ध स्तुपा, डेभिट फल्स, गुप्तेश्वर गुफा र विन्दवासिनी मन्दिरको दर्शन गराइने छ । यसैगरी सौराहामा हात्ती सफारी, चौधरी कल्चर नृत्य हेर्न पाइनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL