Logo

हवाइ प्रतिवन्ध हटाउन औपचारिक आग्रह,परराष्ट्र सचिवले दिए युरोपेली संघकी राजदूतलाई पत्र

हवाइ प्रतिवन्ध हटाउन औपचारिक आग्रह,परराष्ट्र सचिवले दिए युरोपेली संघकी राजदूतलाई पत्र


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल सरकारले युरोपेली आयोगलाई हवाईप्रतिबन्ध हटाउन औपचारिक आग्रह गरेको छ । सरकारले युरोपेली आकाशमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउन परराष्ट्र सचिव शंकरदाश बैरागीले नेपालका लागि युरोपेली संघकी राजदूत रेन्जे टिरिन्कलाई औपचारिक पत्र हस्तान्तरण गरेका हुन्।

नेपाली एयरलाइन्सहरूले हवाई सुरक्षा मापदण्ड (एयर सेफ्टी) पूरा गर्न नसकेको कारण देखाउँदै युरोपली आकाशमा प्रतिबन्ध लगाउँदै आएको छ ।

सो पत्र पर्यटन मन्त्रालयले उपलब्ध गराएको हो । परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले गत फागुनमा गरेको ब्रसेल्स भ्रमणका क्रममा युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड युंकर र आयोगकी उपाध्यक्ष एवम् विदेश मामिला र सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडेरिका मोगरिनीसँग उक्त कालो सूचीको प्रावधान हटाउन अनुरोध गरेका थिए।

मन्त्री डा.महत र युरोपेली आयोगका अध्यक्ष युंकरबीचको भेटका क्रममा भएको समझदारी अनुसार आयोगले पछिल्लो प्रगति प्रतिवेदन मागेको थियो । सो सहितको मापदण्ड पूरा गरिएको पत्र बुधबार राजदूतमार्फत आयोगलाई हस्तान्तरण गरिएको हो।

सो पत्रमा हवाई सुरक्षा (एयर सेफ्टी) सम्बन्धमा नेपालले हालैका वर्षहरूमा गरेको प्रगति तथा त्यस सम्बन्धमा अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाव) ले गरेको तथ्यगत प्रगति समावेश छ ।
उक्त पत्र बुझ्दै राजदूत रिन्जेले आफूले उक्त पत्र चाँडै युरोपेली सघंमा पठाउने र छिट्टै नेपाल उक्त कालो सूचीबाट हट्ने विश्वास व्यक्त गरे।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL