Logo

चिनियाँ राजदुत यान्छी र पर्यटन मन्त्रीबीच भेटवार्ता, नेपाललाई कोरोनाबाट बचाउन चीन तयार

चिनियाँ राजदुत यान्छी र पर्यटन मन्त्रीबीच भेटवार्ता, नेपाललाई कोरोनाबाट बचाउन चीन तयार



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेशकुमार भट्टराईबीच भेटवार्ता भएको छ । भेटमा (कोभिड १९) कोरोनाभाइरसको सङ्क्रमणले देखिएका समस्या र यसका रोकथाम उपयाहरुको बारेमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

laxmi

मंगलबार मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले कोरोनाभाइरसबाट संक्रमित भएका करिब ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जानकारी दिएकी छिन । साथै उनले चाँडै कोरोनाभाइरसको सङ्क्रमणबाट चीन मुक्त हुने विश्वास समेत व्यक्त गरिन ।

राजदूत यान्छीले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणको लागि चीनको शतप्रतिशत सहयोग रहने बताइन् । उनले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणको लागि अपनाएका सबै खालका सहयोग र सूचनाका लागि चीन तयार रहेको समेत बताइन् ।

भेटमा मन्त्री भट्टराईले कोरोनाभाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरीरहेको बताए । अन्तरराष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालहरुमा वेडको व्यबस्थापन, आवश्यक क्वारेन्टाइनको व्यबस्थालगायतका बिषयमा सरकारले तयारी गरिरहेको जानकारी दिएका छन ।

सोही अवसरमा मन्त्री भट्टराईले कोरोनाभाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले भिडभाड हुने कार्यक्रम, सार्वजनिक स्थलहरुमा भेला नगर्न सचेत गराएको जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL