Logo

पर्यटन बोर्डका नवनियुक्त सिइओको घोषणा : अब विदेशमा हुने प्रचारमा रोक, आन्तरिक प्रचारमा तीब्रता

पर्यटन बोर्डका नवनियुक्त सिइओको घोषणा : अब विदेशमा हुने प्रचारमा रोक, आन्तरिक प्रचारमा तीब्रता



काठमाडौं । नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनन्जय रेग्मीले भ्रमण बर्ष लक्षित विदेशमा हुने प्रचार प्रसारलाई रोक्ने बताएका छन ।

laxmi

पर्यटन बोर्डमा आईतबार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले भ्रमण बर्ष लक्षित बैदेशिक प्रचारप्रसारले कर्मचारीको भत्तामा मात्रै खर्च हुने र त्यस्तो प्रचारप्रसारले कुनै असर नगर्ने भन्दै विदेशमा हुने प्रचार प्रसारलाई रोक्ने बताए ।

उनले विदेशमा हुने प्रचार प्रसारमा लाग्ने खर्चले आन्तरिक प्रर्वद्धन गर्न सकिने बताउँदै हरेक प्रदेशमा पर्यटकीय गन्तब्य तथा सो क्षेत्रमा पर्यटक लैजाने गरि विकास गर्नु आवश्यक रहेको बताए ।

बोर्डले बैदेशिक प्रचार प्रसारमा जाँदा दैनिक १५ डलर भत्ताबापत कर्मचारीलाई खर्च गराउँदै आएको छ । उनले भने, ‘अबको दिनमा मैले त्यस्तो खर्च गर्न दिन्न’ उनले भने, ‘त्यो खर्चले आन्तरिक पर्यटकिय स्थलको प्रर्वद्धन गर्नेछु ।’

उनले अबको दिनमा सगरमाथा, लुम्बिनी, पोखरा, चितवनमात्रै बिक्री गरेर पर्यटक ल्याउन नसकिने भन्दै अन्य पर्यटकीय गन्तब्यको खोजी र ती गन्तब्यहरुमा पर्यटकीय स्तरका होटल तथा घरबासको ब्यवस्था गनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL