Logo

हिउँदे याममा हिमाल आरोहण गर्नेको संख्या २७ जना, १७ लाख राजस्व संकलन

हिउँदे याममा हिमाल आरोहण गर्नेको संख्या २७ जना, १७ लाख राजस्व संकलन



काठमाडौं । यस बर्षको हिउँदे याममा बिभिन्न हिमाल आरोहण गर्ने आरोहीको संख्या २७ जना पुगेको छ ।

laxmi

पर्यटन विभागका अनुसार यस बर्षको हिउँदे याममामा बिभिन्न हिमाल आरोहणको लागि जर्मन, चीन तथा स्पेनलगायतका देशबाट ५ ओटा समुहको २७ जनाले हिमाल आरोहणको लागि अनुमति लिएका छन । सबै भन्दा बढी आमादब्लाम हिमालको लागि १५ जनाले अनुमति लिउका छन भने नुप्तसे हिमाल आरोहणको लागि ५ जनाले अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

त्यसतै सगरमाथा आरोहणको लागि पनि २ समुहको ५ जना रहेको छ भने रोक्पाई हिमाल आरोहणको लागि २ जनाले अनुमति लिएका छन । बिभिन्न हिमाल आरोहणबाट १७ हजार १ सय ४० अमेरिकी डलर अर्थात १६ लाख ८२ हजार १ सय १३ रुपैयाँ राजस्व संकलन भएको बिभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL