Logo

त्रिभुवन विमानस्थलमा पर्यटन मन्त्री भट्टराईको छड्के अनुगमन, भ्रमण बर्ष लक्षित काम तत्काल गर्न निर्देशन

त्रिभुवन विमानस्थलमा पर्यटन मन्त्री भट्टराईको छड्के अनुगमन, भ्रमण बर्ष लक्षित काम तत्काल गर्न निर्देशन



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । शुक्रबार साँझ आकस्मिक रुपमा त्रिभुवन विमानस्थल पुगेका मन्त्री भट्टराईले विमानस्थलको अवस्था, भ्रमण बर्षको तयारीलगायतका विषयमा अनुगमन गरका थिए ।

laxmi

भ्रमण बर्षलाई लक्षित गर्दै विमानस्थलमा सुधार गर्नु पर्ने कामहरु तत्काल गर्न समेत मन्त्री भट्टराईले निर्देशन दिएका छन । नेपाल भ्रमण वर्ष २०२० नजिकिरहेको बेला विमानस्थलको अवस्था, तयारी र भइरहेको कामको अनुगमनका लागि मन्त्री भट्टराई विमानस्थल पुगेका हुन् ।

विमानस्थलमा अध्यागमनले परिवर्तन गरेको संरचनाको समेत अवलोकन गरेका मन्त्री भट्टराईलाई अध्यागमनको परिवर्तित संरचनाको बिषयमा विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी गराएका थिए ।

नेपाल भ्रमण वर्ष–२०२० नजिकिँदै गर्दा मन्त्री भट्टराईले विमानस्थल लगायत पर्यटनसँग सम्बद्ध निकाय र स्थानहरुको अनुगमनलाई तिव्र बनाएका छन् । पर्यटन मन्त्री भट्टराई, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायतका पदाधिकारीले विमानस्थलको अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL