Logo

स्मार्टसेल लगायत ४ अर्ब बक्यौता नतिर्ने दूरसंचार सेवाप्रदायकको लाईसेन्स स्वतः खारेज हुँदै, यस्तो छ प्राधिकरणको निर्णय

स्मार्टसेल लगायत ४ अर्ब बक्यौता नतिर्ने दूरसंचार सेवाप्रदायकको लाईसेन्स स्वतः खारेज हुँदै, यस्तो छ प्राधिकरणको निर्णय



काठमाडौं । सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम अबको १५ दिनभित्र नबुझाउने दूरसंचार सेवाप्रदायक कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज हुने भएको छ । नेपाल दूरसंचार प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम अबको १५ दिनभित्र नतिरे स्वतः लाईसेन्स खारेज हुने प्राधिकरणको सोमबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो ।

laxmi

प्राधिकरणले यसअघि १० दिनको समय राखि स्पष्टिकरण माग गरेको थियो, तर सो अवधिमा २ ओटा कम्पनीले मात्रै केही समय माग गरेको र अन्यको निर्णय नआएपछि प्राधिकरणको बोर्ड बैठकले पुनः १५ दिनको अल्टिमेटम दिएको हो ।

प्राधिकरणका अनुसार बाँकी रहेको बक्यौता मध्ये धेरै तिर्न बाँकी रहेको स्मार्ट टेलिकमले भने १५ दिनभित्र निश्चित रकम तिरेर अन्य रकम ३ महिनाभित्र बुझाउने स्पष्टिकरण दिएको छ ।

यस्तै अन्य कम्पनीहरुलाई सोमबारको बोर्ड बैठकले अन्तिम मौका स्वरुप १५ दिनको म्याद दिएको र सो अवधिमा पनि नबुझाए स्वतः नतिर्ने सेवाप्रदायकको लाइसेन्स खारेज हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । स्मार्ट टेलिकम, युटिएल लगायत करिव १ दर्जन कम्पनीहरुले प्राधिकरणलाई रोयल्टी, ग्रामीण दूरसंचार विकास कोष, जरिवाना लगायतको रकम गरी ४ अर्ब बराबरको रकम बक्यौता तिर्न आलटाल गरिरहेका छन ।

प्राधिकरणलाई स्मार्ट टेलिकमले मात्रै विभिन्न शिर्षकमा २ अर्ब ५९ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ भने दोस्रो धेरै रकम तिर्न बाँकी रहेको युटिएलले सर्वाेच्चको आदेश ल्याएपछि त्यसको फैसला भने रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL