Logo

१५ औँ बार्षिक उत्सवको अवसरमा टेलिकमको अफरै अफर, नयाँ ग्राहकलाई ३ महिनासम्म अलटाईम डाटा

१५ औँ बार्षिक उत्सवको अवसरमा टेलिकमको अफरै अफर, नयाँ ग्राहकलाई ३ महिनासम्म अलटाईम डाटा



काठमाडौं । नेपाल टेलिकमले आफ्नो १५ र्औ बार्षिक उत्सवको अवसरमा विभिन्न किसिममा अफरहरु सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो बार्षिकोत्सवको अवसरमा १ महिने, ३ महिने र ६ महिने विभिन्न शुल्कका प्याक तथा अफरहरु बुधबारदेखि लागु हुनेगरी सार्वजनिक गरेको हो ।

बुधबारदेखि फागुन २२ गतेसम्म नेपाल टेलिकमको एप डाउनलोड तथा रजिष्ट्रेशनमा निशुल्क १० एमबी डाटा उपलब्ध गराउने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

बार्षिकोत्सव कार्यक्रममा बोल्दै अधिकारीले जिएसएम पोष्टपेड ग्राहकलाई ९ सयको प्याकेजमा प्रतिमहिना २ जिबी डाटा र ५ सयको निशुल्क बोनस दिँदै आएकोमा अब प्रति महिना अल टाईम डाटा ३.३ जिबी र ५ सयको निशुल्क रिसोर्स उपलब्ध गराउने जानकारी दिएका हुन ।

बिहीबारदेखि फागुन ८ गतेसम्म रजिष्ट्रर हुने नयाँ जिएसएम पोष्टपेट मोबाइलका ग्राहकलाई ३ महिनासम्म प्रति महिना अल टाईम डाटा १ जिबी र १ सय मिनेट अल टाइम भ्वाईस बोनस उपलब्ध गराउने पनि उनले जानकारी दिएका छन ।

टेलिकमका अनुसार टुरिष्ट प्याकेज अन्तर्गत ५ सयमा ५ जिबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाईस ५० एसएमएस तथा १ सय रुपैयाँको अन्तराष्ट्रिय कल समेत गर्न सकिने छ ।

यसैगरी उक्त प्याकमा १ हजार रुपैयाँमा १० जिबी डाटा र टेलिकमको नेटवर्कमा १० मिनेट भ्वाईस र १ सय ओटा एसएमएस तथा २ सयको अन्तराष्ट्रिय कल समेत गर्न सकिने अफर रहेको छ ।

टेलिकमले बुधबार देखि ९० दिनका लागि दैनिक, साप्ताहिक र मासिक चाईना कल प्याकेज अन्तर्गत क्रमशः ३० रुपैयाँमा १० मिनेट, १ सय ५० रुपैयाँमा ४५ मिनेट र पाँच सय रुपैयाँमा १ सय ६५ मिनेट भ्वाईस प्याक उपलब्ध गराउने जानकारी दिएको छ ।

टेलिकमले वार्षिकोत्सवको अवसरमा २०७४ असार मसान्तसम्म बक्यौता तिर्न बाँकी रहेका सर्वसाधारणले आगामी असार मसान्तसम्म तिरेमा सबै जरिवाना मिनाहा गर्ने पनि जानकारी दिएको छ ।

एफटिटिएच माईग्रेसन योजना अन्तर्गत एक वर्षदेखि नियमीत एडिएसएल सेवा लिएका ग्राहक तथा ३ महिनाको उक्त प्याकेज खरिद गर्ने नयाँ ग्राहकहरुलाई एफटिटिएच सिपीई निशुल्क उपलब्ध गराउने पनि टेलिकमले उक्त बार्षिक उत्सव मार्फत बताएको छ ।

कम्पनीले नेत्रहिन संघको सिफारिसमा नेत्रहिन व्यक्तिहरुबाट प्रयोग भइरहेको जिएसएम र सिडीएमए मोबाईलमा ५०, २०० र ३०० रुपैयाँको अलटाइम डाटा प्याकेज खरिदमा शत प्रतिशत बोनस र २०० को अल टाइम भ्वाईस म्याकेज खरिदमा ५० प्रतिशत बोनस दिने बताएका छ । यो योजना ९० दिनका लागि लागु हुने कम्पनीको दावी छ ।

यस्तै टेलिकमले मोबाइल प्वाईन्ट अफ सेलको माध्यमबाट कम्पनीको सेवाहरुमा रिचार्ज तथा भुक्तानी गर्दा ५ प्रतिशतका दरले ग्राहकलाई बोनस दिनेछ जुन योजना भने ६ महिनासम्म लागु हुनेछ ।

यस्तै नेपाल टेलिकमले एमपोस बाट मोबाईलमा रिचार्ज गरे ५ प्रतिशत बोनस उपलब्ध गराउने पनि जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL