Logo

ओप्पो सेल्फी कन्टेष्टका बिजेतालाई पुरस्कार हस्तान्तरण, ३ जना बने विजेता

ओप्पो सेल्फी कन्टेष्टका बिजेतालाई पुरस्कार हस्तान्तरण, ३ जना बने विजेता



काठमाडौं । मोबाईल निर्माता कम्पनी ओप्पोले ‘ओप्पो तीज सेल्फी कन्टेष्ट’का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

प्रतियोगितामा सहभागी हुन कम्पनीले ईच्छुकलाई आफ्ना तीज सम्बन्धी सेल्फी ह्यासट्याग ओप्पो एफ नाइन तथा ह्यासट्यागमाईतीजएनपी सहितपोष्ट गर्न आग्रह गरेको थियो ।

सोही अनुसार ओपो तिज सेल्फी कन्टेष्टमा सहभागी मध्ये ३ जना विजेतालाई मंगलबार पुरस्कार वितरण गरिएको थियो ।

ओपोले भाद्र २८ देखि ३१ गतेसम्म ४ दिन तीजको खुशी साट्ने सोचका साथ सो सेल्फी प्रतियोगिताको आयोजना गरेको थियो ।

सो प्रतियोगितामा प्रकृती ढुङना, स्मृति श्रेष्ठ र सरिना गुरुङ विजेता बनेकी छिन । विजेतालाई पुरस्कार वितरण गर्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले ‘भविष्यमा अझ रोचक तथा आकर्षक प्रतियोगिता तथा क्याम्पेनहरुका साथ उपस्थित हुने बताएका छन ।

विजेताहरुलाई कम्पनीले आकर्षक गिफ्ट ह्याम्पियर प्रदान गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL