Logo

भुकम्प प्रभावित ७४७ स्थानमा टेलिकमको इन्टरनेट, डेटलाईनभन्दा १ महिना अगाडी सञ्चालन

भुकम्प प्रभावित ७४७ स्थानमा टेलिकमको इन्टरनेट, डेटलाईनभन्दा १ महिना अगाडी सञ्चालन



काठमाडौं । नेपाल टेलिकमले भुकम्प अति प्रभावित ७ सय ४७ स्थानमा इन्टरनेट सुविधा जडान गरेको छ । कम्पनीले भुकम्प प्रभावित ४ जिल्लाका विभिन्न विद्यालय, कलेज, स्वास्थ्य चौकी आदिमा इन्टरनेट जडान गरेको हो ।
भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी कम्पनीले तोकिएको समय भन्दा १ महिना अगावै सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीसंग सम्झौता गरी भूकम्पबाट अति प्रभावित चार जिल्लाका ७ सय ४७ सेवा केन्द्रमा २०७५ असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध गराउन जिम्मेवारी दिएको थियो । कम्पनीले २०७५ जेठ मसान्त भित्रै तोकिएका सम्पूर्ण सेवा केन्द्रहरुमा उपकरण जडान गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

ग्रामीण क्षेत्रमा समेत दूरसञ्चार सुविधा उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले २०७४ बैशाख २१ मा कम्पनीसँग सम्झौता गरेर ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी सो कार्य सम्पन्न गर्र्न जिम्मेवारी दिएको थियो ।

कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका २ सय १३, काभ्रेपलाञ्चोक जिल्लाका २ सय ८९, नुवाकोट जिल्लाका २ सय ५ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याएको छ । समग्रमा ३ सय १३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १ सय ६९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २ सय ६५ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ ।

जिल्लागत रुपमा हेर्दा सिन्धुपाल्चोकका ९३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ४९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ७१ विद्यालय, काभ्रेपलाञ्चोकका १ सय २८ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५८ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र १ सय ३ विद्यालय, नुवाकोटका ७५ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५० हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ८० विद्यालय तथा रसुवाका १७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १२ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ११ विद्यालयमा सो सेवा सञ्चालन गरिएको छ ।

सेवाग्राहीले ती स्थानमा कम्तीमा ५ सय १२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवो दुई वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गरिएको छ ।

कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउनका लागि स्थानअनुसार वाइम्याक्स सीपीई तथा थ्रीजी÷ईभीडीओ वाइफाई राउटर उपकरणको व्यवस्था गरेको छ । यसका लागि विभिन्न स्थानमा सर्भिस प्वाइन्ट स्थापना गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL