Logo

तीन बर्षभित्र धरहरा काष्टमण्डप र रानीपोखरी निर्माण, सबै स्थानीय तहका सडक कालोपत्रे

तीन बर्षभित्र धरहरा काष्टमण्डप र रानीपोखरी निर्माण, सबै स्थानीय तहका सडक कालोपत्रे



काठमाडौं । सरकारले भुकम्प पश्चात भत्किएका पुरातात्विक महत्वमा संरचनाहरु तीन बर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।

विशेषगरी भुकम्पले भत्काएको धरहरा, काष्ठमाण्डप र रानीपोखरीलाई अबको तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने उदेघोष गरेको हो ।

सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै लामो समयदेखि अन्यौलमा रहेको धरहरा तथा रानीपोखरीलाई अबमा दिनमा द्वूत गतिमा निर्माण अघि बढाइएको उद्घोष गरेको हो ।

यसैगरी सरकारले आगामी ५ बर्षभित्र सबै स्थानीय तहका सडकलाई कालोपत्रे गर्ने भएको छ । हाल स्थानीय तहमा निर्माण भएका सडकलाई ५ बर्ष भित्र कालोपत्रे गरिसक्ने सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत जानकारी दिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL