Logo

आइसिटी अवार्डमा शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन र एसएमएस भोटिङ खुल्ला

आइसिटी अवार्डमा शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन र एसएमएस भोटिङ खुल्ला


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्ड अन्तर्गत शीर्ष ५ को घोषणा भएको छ । बिहिबार काठमाडौंमा आयोजित ‘प्रेजेन्टेशन र स्पिड डेटिङ राउन्ड’ बाट निर्णायक समूहले अन्तिम चरणको प्रतिष्पर्धाका लागि शीर्ष ५ छनोट गरेको हो ।
शीर्ष ५ मा पर्ने स्टार्टअप कम्पनीहरुमा बसोबास नेपाल प्रालि, क्याचीरोड इन्कर्पोरेट प्रालि, पाइला टेक्नोलोजी प्रालि, सोनीटेक नेपाल प्रालि र जेफ्टवेर सोलुसन्स प्रालि रहेका छन् । त्यसैगरी शीर्ष ५ मा पर्ने इन्नोभेटिभ प्रडक्टहरुमा बिग फुट, एभरेष्ट कास्ट, गुनासो, नेपाल भिआर र परी रहेका छन् ।
आइसिटेक मिडियाको आयोजनामा हुने सो अवार्ड वितरण समारोहमा दुवै विधाअन्तर्गत शीर्ष ३ मा पर्ने टिम र प्रडक्टलाई आइसिटी अवार्ड प्रदान गरिनेछ । सोही अवसरमा आइसिटी पायोनियर्स अवार्ड र आइसिटी डायस्पोरा अवार्डबाट एक÷एक जनालाई सम्मान गरिने आइसिटेक मिडिया प्रालिका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।
असारको तेस्रो साता खुलाइएको अनलाइन रजिस्ट्रेशनमा ४३ स्टार्टअप कम्पनी र ५२ आइसिटी प्रडक्टले आवेदन दिएका थिए । ‘अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसर’ भन्ने नारासहित आइसिटी उद्योगमा समर्पित यस अवार्ड कार्यक्रम आगामी भदौ १ मा हुने छ । होटल याक एण्ड एतिमा आयोजना हुने कार्यक्रम टेलिभिजन, हाम्रो पात्रो एप, वेबसाइट, फेसबुक र युट्युब मार्फत प्रत्यक्ष प्रशारण समेत हुनेछ ।
उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप र प्रडक्टका लागि शुक्रबारदेखि अनलाइन र एसएमएस भोटिङ सुरु भएको आयोजकले जानकारी दिएको छ । स्टार्टअप कम्पनी र इन्नोभेटिभ प्रडक्टका लागि आइसिटी अवार्डको आधिकारिक वेबसाइट धधध।ष्अतबधबचमलभउब।िअयm मा लगइन गरेर आफूलाई मन परेको कम्पनी वा प्रडक्टकालाई अनलाइन भोट गर्न सकिन्छ ।
त्यसैगरी एसएमएसबाट क्ष्ऋत् टाइप गरी कम्पनी कोड नम्बर राखेर  ३३००१ मा एसएमएस गर्नुपर्ने हुन्छ । अनलाइन र एसएमएस भोटिङको समयावधि आउदो बिहिबारसम्मको लागि खुला गरिएको छ ।
अनलाइन तथा एसएमएस भोटिङको आधारमा केहि प्रतिशत अंकभार हुनेगरी अन्तिम नतिजा अवार्ड कार्यक्रममा घोषणा गरिने जुरी संयोजक रबि फुयालले बताए । रबि फुयाल, सुवास ढकाल, किशोर पन्त, बिक्रम श्रेष्ठ, अश्गर अलि, मनोज शाक्य, नरोत्तम अर्याल र हेमपाल श्रेष्ठ जुरी सदस्यमा रहेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL