Logo

काठमाडौं पछि पोखरा र दमौलीमा एनसेलको फोरजी, २०१८ भित्र ४० शहरमा

काठमाडौं पछि पोखरा र दमौलीमा एनसेलको फोरजी, २०१८ भित्र ४० शहरमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले फोरजी सेवालाई बिस्तार गर्ने भएको छ । हाल काठमाडौंमा मात्र सिमित रहेको फोरजी सेवालाई अब पोखरा र दमौलीमा पनि बिस्तार गरेको हो ।

कम्पनीले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्र्याउँदै ‘डिजिटल नेपाल’ को निर्माणमा योगदान गर्ने आफ्नो योजना अनुसार पश्चिमका दुई सहरहरु पोखरा र दमौलीमा सेवा विस्तार गरेको हो । कम्पनीले शनिबारदेखि यी दुई शहरमा फोरजी सेवा कार्यान्वयनमा ल्याएको हो । आफ्नो वाचा अनुरुप तदारुकताका साथ फोरजी सेवा विस्तार गर्दै देशलाई नयाँ प्रविधि अंगीकारमा समकालिन विश्वसँग उभ्याउन तथा ग्राहकलाई नयाँ प्रविधिका विविध लाभहरु प्रदान गर्न एनसेल प्रतिबद्घ रहेको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । छ । पहिला घोषणा गरे अनुरुप पोखरा र दमौलीमा सेवा विस्तार गरिएको समेत उनले जानकारी दिए ।

पोखरा र दमौलीमा फोरजी सेवाको विस्तारसँगै, फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल प्रयोग गर्ने एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले दु्रत गतिको ब्रोडब्याण्ड सेवाको मजा लिन सक्नेछन् । अझै फोरजी सिम नलिएका ग्राहकले फोरजी सेवाको लाभ लिनका लागि आफुले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्ने कम्पनीले जानकारी एिको छ ।

पोखरा र दमौलीमा आफ्नो फोरजी सेवा आधिकारीक रुपमा संचालनमा ल्याएको अबसरमा, आफ्नो फोरजी सिम राखी डेटा सेवा प्रयोग गर्ने ग्राहकलाई एनसेलले योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न÷डाउनलोड गर्न सकिने सेवा प्रदान गर्नेछ । ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी एनसेलको फोरजी सेवाका साथै ३० दिन सम्म योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् ।

कम्पनीले सन् २०१७ को अन्त्य सम्ममा १५ सहरहरुमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य राखेको छ र देशका विभिन्न सहरहरुमा पनि यो सेवा विस्तारका लागि नेटवर्क परीक्षण गरीरहेको छ । पोखरा र दमौलीमा फोरजी सेवाको संचालनसँगै देशको १०.३ प्रतिशत जनसंख्याको माझमा हाम्रो उच्च गतिको मोवाइल ब्रोडब्याण्ड सेवा पुग्नेछ । यसका साथै, ग्रामिण र दुर्गम स्थानहरुलाई ध्यानमा राखी सन् २०१८ भित्र थ्रिजी सेवाको कभरेज दोब्बर बनाउदै देशको कुल जनसंख्याको ६० प्रतिशतमा पुर्याउन पनि काम भईरहेको शर्माले जानकारी दिए । साथै फोरजी सेवामा पहुँच विस्तार गर्नका निमित्त एनसेलले सन् २०१८ भित्रै देशको ४० सहरहरुमा फोरजी सेवा पुर्याउने योजना अनुसार काम गरीरहेको छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL