Logo

४ लाख पुग्यो फोरजी प्रयोगकर्ता, पोष्टपेडभन्दा प्रिपेडमा बढी आकर्षण

४ लाख पुग्यो फोरजी प्रयोगकर्ता, पोष्टपेडभन्दा प्रिपेडमा बढी आकर्षण


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा प्रयोगकर्ता ४ लाख पुगेको छ । फोरजी सेवा उपलब्ध गराएको २ महिना पुरा नहुँदै झण्डै ४ लाख प्रयोगकर्ता पुगेको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार टेलिकमको प्रिपेड सिमबाट फोरजी चलाउनेको संख्या पोष्टपेडको भन्दा बढी छ । टेलिकमले पोष्टपेडमासेवा दिएको १ महिनापछि मात्र प्रिपेडमा फोरजी सेवा उपलब्ध गराएपनि प्रिपेडबाट फोरजी चलाउनेको संख्या बढी भएको उनले बताए । ‘अहिले काठमाडौं र पोखरामा करिव ६५ हजार जनाले पोष्टपेडबाट फोरजीको सेवा लिएका छन्,’ उनले भने, बाँकी सवै प्रिपेडका ग्राहक हुन् ।’

तुलनात्मक रुपमा प्रिपेडका प्रयोगकर्ता बढी भएकोले पनि फोरजी चलाउने धेरै भएको उनले बताए । टेलिकमले गत पुस १७ गतेदेखि पोष्टपेडमा फोरजी सेवा शुरु गरेको थियो । त्यस्तै कम्पनीले आफ्नो बार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि प्रिपेडमा पनि फोरजी सेवा संचालनमा ल्याएको हो ।
टेलिकमले पछिल्लो समय थप १५ वटा उप महानगरपालिकामा फोरजी सेवा उपलब्ध गराउने तयारी थालेको छ । हाल उपमहानगरपालिकामा फोरजी सेवा उपलब्ध गराउनका लागि बोलपत्र आब्हानको प्रक्रिया शुरु गरिएको अधिकारीले जानकारी दिए ।

टेलिकमले इटहरी र धरान, जनकपुर, हेटौंडा, भरतपुर, रुपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज ललितपुरलगायत १५ उपमहानगरपालिकामा छिट्टै फोरजी सेवा विस्तारको तयारी गरेको हो । हाल सो विषयमा विस्तृत डिजाइनको काम भइरहेको उनले जानकारी दिए ।

हालै मात्र व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई आगामी असोज भित्र देशभर फोरजी सेवा पुर्याउन निर्देशन दिएको थियो । सोहि अनुसार टेलिकमले शुरुमा उपमहानगरपालिकामा सो सेवा उपलब्ध गराउन लागेको हो ।

उनका अनुसार काठमाडौं र पोखरामा फोरजी सेवा सुरु भए पछि अन्य जिल्लाबाट धेरै माग आइरहेको छ । अहिले काठमाडौं उपत्यकाको रिङ रोडभित्र, इन्द्रायणी, गोदावरी, गोकर्ण रिसोर्ट क्षेत्र, भक्तपुर र पोखरामा मात्र फोरजी सेवा संचालन गर्न पाइन्छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL