Logo

सिजीको इओन ब्लेज गोल्ड सार्वजनिक, बजार मूल्य ८८८८

सिजीको इओन ब्लेज गोल्ड सार्वजनिक, बजार मूल्य ८८८८


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिजीले नेपाली बजारमा ‘इओन ब्लेज गोल्ड’ मोवाइल ल्याएको छ । इओन ब्लेजको सफलतासँगै ब्लेज गोल्ड ल्याएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले ल्याएको सो मोवाइलमा १३ मेगापिक्सेल रेयर र ५ मेगापिक्सेल फ्रण्ट क्यामेरा रहेको छ भने ५ इञ्चको डिस्प्ले छ । थ्री जी नेटवर्क क्षमता रहेको उक्त मोवाइलमा १ दशमलव ३ गिगाहर्ज क्वार्डकोर प्रोसेसर रहेको छ ।

एन्ड्रोइड ६ लेटेस्त भर्सन रहेको सो मोवाइलमा १६ जीवी मेमोरी रहेको छ । मेमोरीलाई ३२ जीवीसम्म पुर्याउन सकिने छ । कम्पनीले उक्त मोवाइलको बजार मूल्य ८ हजार ८ सय ८८ रुपैयाँ तोकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL