Logo

डाटा प्याकेजमा एनसेलको नयाँ योजना, पे एज यु गो प्रयोगकर्तालाई डेटा बोनस

डाटा प्याकेजमा एनसेलको नयाँ योजना, पे एज यु गो प्रयोगकर्तालाई डेटा बोनस



काठमाडौं । एनसेलले नयाँ डाटा प्याक सार्वजनिक गरेको छ । कम्पनीले सेवाग्राहीलाई सस्तो र सुलभ पर्नेगरी पे एज यु गो डाटा प्याक सार्वजनिक गरेको हो । उक्त प्याकेज अन्तर्गत ईन्टरनेट लाग्ने २ रुपैयाँ प्रति एमबी दर ८० प्रतिशतसम्म घट्ने कम्पनीले जानकारी दिएको छ ।

laxmi

मेन ब्यालेन्सबाटै डेटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित यो अफर आइतबार (फागुन २५) बाट संचालनमा आउँदैछ । यो अफरमा डेटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डेटा सेवाको शुल्क थप घट्दै जान्छ ।

जब ग्राहकले मेन ब्यालेन्सबाट डेटा सेवा चलाउँछन, खर्च भएको ब्यालेन्स रकमको आधारमा त्यति नै बेला बोनस डेटा पाउँदै जानेछन् । ग्राहकले आफ्नो ब्यालेन्सबाट २, ५,१०, २०, ३० वा यो भन्दा थप १० रुपैयाँका दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा तत्काल बोनस डेटा प्राप्त गर्दै जानेछन् ।

यसरी प्राप्त हुने डेटा बोनस प्रगोग गर्नकालागि २ दिनको समयावधि हुनेछ । ग्राहकले पे एज यु गो अन्तर्गत पहिलो १० रुपैयाँ खर्च गरेपछि, प्रत्येक थप १० रुपैयाँ डेटामा खर्च गरे वापत २०÷२० एमबी बोनस डेटा तत्काल प्राप्त गर्दै जानेछन् ।

यदि ग्राहकले २ रुपैयाँ मेन ब्यालेन्स डेटा सेवामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन् । यसैगरी ग्राकहले ३० रुपैयाँ ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ६९ एमबी डेटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको १ सय रुपैयाँ डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाईने ३९ दशमलव १६ एमबी र बोनस १ सय ९७ एमबी सहित कुल सय ३६ एमबी डेटा पाउनेछन् ।

यो अफर आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा सञ्चालन हुनेछ । यसको मतलब ग्राहकले एक हप्ताभित्र जति मेन ब्यालेन्सबाट पे एज यु गोमार्फत डेटामा खर्च गर्दछन् त्यसकै हिसाबको आधारमा बोनस पाउँदछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL