Logo

लकडाउनको आज नवौं दिन : लकडाउन उल्लंघन गर्ने बढे, बिहानै ११५८ जना पक्राउ

लकडाउनको आज नवौं दिन : लकडाउन उल्लंघन गर्ने बढे, बिहानै ११५८ जना पक्राउ



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिकएको कोरोनाभाइरसको भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज नवौं दिन हो। आज पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् ।

laxmi

तर, पछिल्लो दिन लकडाउन उल्लंघन गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । सरकारले अर्को मंगलबारसम्मका लागि लकडाउनको अवधि बढाएसँगै धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन्।

गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । यो लकडाउन २५ चैतसम्म चल्नेछ । यस्तोमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु पनि रहेका छन् ।

लकडाउन उल्लंघन गनेहर्रुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । बुधबार बिहानमात्र ८ बजेसम्म लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ५८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा ९ सय ९० जना पुरुष र १ सय ६८ जना महिला रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी लकडाउनको उल्लंघन गर्ने १ सय ५३ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ ।

लकडाउनका कारण मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL