Logo

‘लकडाउन’को तेस्रो दिन : कोरोना संक्रमितको संख्या बढ्दै, सरकारको आदेश पालना गर्दै जनता

‘लकडाउन’को तेस्रो दिन : कोरोना संक्रमितको संख्या बढ्दै, सरकारको आदेश पालना गर्दै जनता



काठमाडौं । सरकारले नेपालभर मंगलबारदेखि लागू हुने गरी घोाषणा गरेको लकडाउनको आज तेस्रो दिन देशैभर मानिसहरु घरभित्रै रहेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै अत्यावश्यक सेवाका लागिमात्र बाहिर निस्कने पाइने नियमको पहिलो दिन धेरैबाट उल्लंघन भएनि तेस्रो दिनसम्म आईपुग्दा घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ ।

पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था कायम गर्न सहज भएको सुरक्षा निकायले जानकारी दिएको छ ।

ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रमा भने सडकमा मानिसको ओहोरदोहोर प्रायः सून्य जस्तै देखिन्थ्यो । ग्रामीण भेगमा खुलेका खाद्यन्न तथा तरकारी पसलमा बिहानदेखि नै सर्वसाधारण पुगेका थिए । सधैंजसो नियमित कामका लागि सबेरै निस्कने अनि दिनभरको काम गरेर घर पुग्ने गरेका छन् । तर कर्मचारी, उद्योगी र व्यवसायी भने दिनभर घरैमा बस्नु परेकोमा पट्यार मानिरहेका थिए । यद्यपी परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ राख्न योगदान पुर्याउने बाध्यात्मक अवस्थाका कारण घरमै बसेर पुस्तक पढ्ने, टेलिभिजन हेर्ने तथा अन्यघरासी काममा समय बिताएका थिए ।

सरकारले औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ । अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन चलेनन् । केहीले अत्यावश्यक काम विशेषले चलाएका निजी सवारी साधनलाई आवश्यकता मूल्यांकनका आधारमा सुरक्षा निकायले अनुमति दिइएको थियो ।

पछिल्लो समय दैनिकजसो कोरोना संक्रमितको संख्या बढ्दै गएकाले पनि डरत्रासका कारण जनताले सरकारी आदेशको पालना गर्दै घरमा बस्न थालेका हुन् । अघिल्लो दिन नेपालमा १ जना युवतीमा कोरोनाको संक्रमण भएको पुष्टी भएकोमा बुधबार थप १ जनामा थपिएर दुई जनालाई संक्रमण भई हाल उपचार भइरहेको छ ।

यसैबीच सरकारले ६० वर्षमाथिका नागरिकमा कोरोनाको शंका लागेमा सबै नागरिकको जाँच गर्ने उद्घोष समेत गरिसकेको छ । हाल सरकारले कोरोना सक्रमण भए नएको पत्ता लगाउन देशभरबा नमुना संकलन कार्यलाई समेत तीब्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL