Logo

बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. लोहनी नियुक्त

बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. लोहनी नियुक्त


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. गुणराज लोहनी नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री दीपक बोहोराले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै डा. लोहनीलाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।

स्वास्थ्य बीमा ऐनमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट आउने व्यवस्था छ । तर, मन्त्रिस्तयरीय निर्णय गर्दै डा. लोहनीलाई अर्काे व्यवस्था नहुञ्जेलसम्मका लागि नियुक्ती दिइएको हो ।

स्वास्थ्य मन्त्रालयले खुला प्रतिस्पर्धाबाट निर्देशक नियुक्त नहुँदासम्मका लागि भन्दै मन्त्रिस्तरीय निर्णयबाट डा लोहनीलाई निर्देशकको जिम्मेवारी दिएको जानकारी दिएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यकारी निर्देशक रहेका लोहनीले स्वास्थ्य बीमा ऐन आएपछि बोर्डमा नयाँ निर्देशक नियुक्त हुनुपर्ने भन्दै एक हप्ता अघि राजिनामा दिएका थिए । सरकारले गत असोज २४ गते बीमा ऐन ल्याएको थियो रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL