Logo

नेकपाको स्थायी समिति बैठक आजबाट : एमसिसी स्वीकार गर्ने कि नगर्ने बैठकको मुख्य एजेण्डा

नेकपाको स्थायी समिति बैठक आजबाट : एमसिसी स्वीकार गर्ने कि नगर्ने बैठकको मुख्य एजेण्डा



काठमाडौं । आजबाट सत्तारुढ नेकपाको स्थायी समिति बैठक सुरु हुँदैछ । पटक–पटक बैठक टार्दै आएका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा दबाब बढ्दै गएपछि बैठक डाकेका हुन् ।

laxmi

बैठकमा अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा विशेष छलफल हुने भएको छ । असार १६ गतेभित्र संसदबाट एमसीसी पास गरिसक्नु पर्ने भएपछि पार्टी स्थायी कमिटी बैठकमा यसबारे छलफल हुन लागेको एक नेताले जानकारी दिए ।

सचिावलयको बैठकमा एमसिसीबारे धेरैपटक छलफल भएपनि निर्णय लिन सकेको थिएन । यसअघिका सचिवालय बैठकमा भीम रावल, प्रदीप ज्ञवाली, एमसिसी कम्पयाक्टका कार्यकारी अधिकृत खड्गबहादुर विष्ट, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलगायतका सरोकारवालालाई राखेर छलफल गर्ने र उनीहरूको धारणा बुझ्ने काम भएको थियो।

तर पनि सचिवालय बैठकले मात्रै एमसिसीबारे निर्णय गर्नसक्ने अवस्था नआएपछि स्थायी कमिटी बैठकमा मुख्य एजेन्डा बनाइएको छ। बैठकका एजेन्डाका विषयमा मंगलबार बालुवाटारमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

दुई घण्टा लामो छलफलपछि पार्टी एकता, सरकारको कामको समीक्षालगायत विषयलाई पनि एजेन्डा बनाउने सहमति भएको छ।स्थायी समिति बैठकमा सरकारको काम कारबाहीका विषयमा उठेका प्रश्नको जवाफ माग गरिने एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL