Logo

बारा र पर्सामा अनिश्चितकालिन निषेधाज्ञा जारी, घरबाहिर ननिस्कन निर्देशन

बारा र पर्सामा अनिश्चितकालिन निषेधाज्ञा जारी, घरबाहिर ननिस्कन निर्देशन



काठमाडौं । कोरोना संक्रमित बढ्दै गएपछि मध्य तराईको बारा र पर्सामा अनिश्चितकालिन निशेधाज्ञा जारी गरिएको छ । मंगलबार राती ८ बजेदेखि उक्त क्षेत्रमा निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।

laxmi


जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पर्साको वीरगञ्जबाट कार्यालयको काम तथा अन्य प्रयोजनका लागि बारा आवतजावत हुने (अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्स) बाहेक अन्य सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।

भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

बारा र पर्सामा अनिश्चितकालिन निषेधाज्ञा जारी, घरबाहिर ननिस्कन निर्देशन


प्रतिक्रिया दिनुहोस्
MBL