Logo

संवेदनशीलताको ख्याल नगरी समाचार सम्प्रेषण गर्दा समस्या, विपतमा पत्रकारको ठूलो भुमिका

संवेदनशीलताको ख्याल नगरी समाचार सम्प्रेषण गर्दा समस्या, विपतमा पत्रकारको ठूलो भुमिका


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२६ साउन, काठमाडौँ । विषयबस्तुको गाम्भीर्यता र संवेदनशीलताको ख्याल नगरी समाचार सम्प्रेषण गर्न नहुने सम्बन्धित क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । पाठक, दर्शक, स्रोतालाई आकर्षित गर्ने गरी समाचार संकलन गर्दा समाजमा नकारात्मक असर पर्ने उनीहरुको भनाई छ ।

आइएफइसी र आइएसइटी नेपालले संयुक्त रुपमा आयोजना गरेको सञ्चार माध्यम तथा विपद्पछिको अर्थतन्त्रका बारेमा भएको छलफल उनीहरुले सो कुरा बताएका हुन् । साथै देशको आर्थिक तथा सामाजिक विकास र स्थायित्वमा पत्रकारले जिम्मेवार भएर विपद्का विषयवस्तुलाई आम जनतासमक्ष लैजानुपर्ने समेत उनीहरुको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा गोविन्दराज पोखरेलले सञ्चार माध्यम जिम्मेवार भएर विषयवस्तुको गहिराई नबुझिकन समाचार सम्प्रेषण गर्दा जनतामा नकारात्मक सन्देश जाने भएकाले त्यसतर्फ सजकता अपनाउनुपर्ने बताए । विपद्का समयमा सम्प्रेसित समाचारले जनतालाई परनिर्भरतातर्फ उन्मुख गराउन खोजेको उल्लेख गर्दै उनले सबल सक्षम नेपाल र नेपालीका पक्षमा समाचार प्रावह गर्दा नै राज्यको चौथो खम्बाका रुपमा स्थापित हुन सकिने धारणा व्यक्त गरे ।

वरिष्ठ पत्रकार शेखर गुप्ताले सञ्चार क्षेत्र महत्वपूर्ण र जिम्मेवार पेसा भएकाले त्यस पेसाको गरिमा जोगाउन विषयको गाम्भिर्यतालाई विशेष ध्यान दिनुपर्ने बताए । भारतमा ठूलो आर्थिक सङ्कटपछि नै अर्थतन्त्रमा सुधार आएको उल्लेख गर्दै विपद्पछि नव निर्माणका लागि प्राप्त हुने सुअवसरको सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

यस्तै, वरिष्ठ पत्रकार युवराज घिमिरेले विपद्का समयमा समाचार सङ्कलन तथा सम्पादन गर्न चुनौति हुने भएपनि पत्रकारिता जिम्मेवार हुनुपर्ने जानकारी गराए ।

कार्यक्रममा आइएफइसीका अध्यक्ष अच्युत वाग्लेले पनि विषयको संवेदनशीलताको ख्याल नगरीकन समाचार सम्प्रेषण गर्न नहुने धारणा व्यक्त गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL