Logo

हिडेर घर जान लागेका नागरिकको उद्वार गर्न सर्वोच्चको आदेश, भन्यो घर सम्म पुर्याईदिनु

हिडेर घर जान लागेका नागरिकको उद्वार गर्न सर्वोच्चको आदेश, भन्यो घर सम्म पुर्याईदिनु



काठमाडौं । सर्वोच्च अदालतले लक डाउनका कारण हिडेर आफ्नो स्थायी वासस्थान हिँडेकाहरु र अलपत्र परेका नागरिकहरुको उद्धार गर्न अन्तरिम आदेश जारी गरेको छ ।

laxmi

शुक्रबार सर्वाेच्च अदालतले लक डाउन लम्बिरहँदा हिँडेरै मजदुर र विपन्न वर्गका व्यक्तिहरु स्थायी बासस्थान जान थालेपछि उनीहरुलाई घर पुर्‍याउन आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले चैत ३० गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले उक्त आदेश जारी गरेको हो ।
यसअघि वैशाख २ गते रिटमाथि प्रारम्भीक सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुनुनपर्ने भए कारण पेश गर्न आदेश दिएको थियो।

शुक्रबार अन्तरिम आदेशबारे छलफल गर्न सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न निवेदक र विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालयलाई उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL