Logo

काेराेनाबाट मृत्यु हुनेकाे संख्या साढे २७ हजार नाध्याे, ६ लाख नजिक पुगे संक्रमित (देश अनुसार अपडेट)

काेराेनाबाट मृत्यु हुनेकाे संख्या साढे २७ हजार नाध्याे, ६ लाख नजिक पुगे संक्रमित (देश अनुसार अपडेट)



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा घोषित कोभिड १९ (कोरोना भाईरस) संक्रमणका कारण हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या दिनहुँ बढिरहको छ । पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म २७ हजार ३ सय ६५ जनाले ज्यान गुमाईसकेका छन ।

laxmi

त्यस्तै संक्रमितको संख्या ५ लाख ९७ हजार २ सय ६७ जना पुगेको छ भने १ लाख ३३ हजार ३ सय ६३ जना उपचार पछि निको भएर घर फर्किसकेका छन । वल्र्डोमिटर्स डट इन्फोकाअनुसार मृत्युहुनेहरुमा सबैभन्दा बढी ईटालीमा ९ हजार १३४ जनाले ज्यान गुमाईसकेका छन भने ८६ हजार ४९८ जना संक्रमित देखिएका छन । इटालीमा उपचार पछि निको हुनेको संख्या भने १० हजार ९५० जना रहेको छ ।

त्यस्तै अमेरिकामा हालसम्मकै सबैभन्दा बढी संक्रमित देखिएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार अमेरिकामा संक्रमितको संख्या १ लाख ४ हजार २ सय ५ जना पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ७०१ जना रहेको छ । उपचार पछि निको हुनेको संख्या भने २५ सय २५ जनामात्रै रहेको छ । ६५ हजार ७१९ संक्रमित रहेको स्पेनमा ५ हजार १३८ जनाले ज्यान गुमाईसकेका छन् भने उपचार पछि फर्कनेको संख्या ९ हजार ३५७ जना रहेको छ ।

चीनमा भने ८१ हजार ३९४ जना संक्रमित रहेका छन भने ३ हजार २ सय ९५ जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ । उपचार पछि घर फर्कनेको संख्या भने ७४ हजार ९७१ जना रहेको छ । इरानमा ३२ हजार ३३२ जना संक्रमित रहेका छन भने २ हजार ३ सय ७८ जनाले ज्यान गुमाईसकेका छन । त्यस्तै उपचारपछि घर फर्कनेको संख्या भने ११ हजार १ सय ३३ जना रहेको छ । इरान पछि फ्रान्समा मृत्यु हुनेको संख्या १९ सय ९५ जना पुगेको छ भने संक्रमितको संख्या ३२ हजार ९६४ जना रहेको छ । उपचार पछि घर फर्कनेको संख्या भने ५ हजार ७ सय जना रहेको छ ।

त्यस्तै बेलायतमा मृत्यु हुनेको संख्या ७५९, जर्मनिमा ३५१, स्वीजरल्याण्डमा २३१, दक्षिण कोरियामा १४४, नेदरल्याण्डमा ५४६, बेलजियम २९८, अष्ट्रियामा ५८, टर्कि ९२, क्यानाडा ५५, पोर्चुगल ७६, नर्वे १९, अष्ट्रेलिया १४, ब्राजिल ९३, स्वीडेन १०५, इजरायल १२, मलेसिया २६, आयरल्याण्ड २२, डेनमार्क ५२, इक्वेडर ४१, जापान ४९, पोल्याण्ड १६, पाकिस्तान ११, रोमनिया २६, थाईल्याण्ड ५ जना रहेका छन । नेपालमा हालसम्म ४ जना संक्रमित भेटिएकोमा १ जना उपचारपछि घर फर्किसकेका छन् भने ३ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL