Logo

कोरोना भाइरसको लाईभ अपडेट गर्दै आएको ‘वल्र्डओमिटरर्स’ले नेपालमा कोरोना संक्रमित भेटिएको गर्यो पुष्टी

कोरोना भाइरसको लाईभ अपडेट गर्दै आएको ‘वल्र्डओमिटरर्स’ले नेपालमा कोरोना संक्रमित भेटिएको गर्यो पुष्टी



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको लाईफ तथ्याङ्क सार्वजनिक गर्दै आएको ओल्र्डओमिटर्सले नेपालमा कोरोना भाइरसको संक्रमण बढेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

laxmi

यस अघि नेपालमा एकजना मात्र कोरोना संक्रमित भेटिएको उक्त बिरामी पनि उपचारपछि निको भएर घर फर्किएको तथ्याङ्क राख्दै आएको वल्र्डओमिटर्सले आज (आईतबार) नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

नेपाल कोरोना भइरसको संक्रमण नहुने देशको ग्रीन जोनमा रहेकोमा वल्र्डओमिटर्सले आज नेपालमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टी गरेको हो । यसअघि एक जनामा मात्र कोरोनाको संक्रमण देखिएकोमा आज नयाँ थप एक जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको छ । उद्यपि नेपाल सरकारले भने हालसम्म नेपालमा कोरोना संक्रमित नभेटिएको जानकारी दिँदै आएको छ ।

केही समय अघि मात्र विरगञ्जका व्यापारी कोरोना भाइरसको संक्रमण भेटिएको हल्ला फैलिएको थियो । गत हप्तादेखि भारतको पटना मेडिकल कलेज, बिहारमा उपचार गराईरहेको विरगञ्जमा कोरोना भाइरसको संक्रमण भेटिएको भन्ने हल्लामा सो मेडिकल कलेजले विरामीमा कोरोनाको भाइरस नभेटिएको पुष्टी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL