Logo

साईबर सुरक्षा सम्बन्धी सम्मेलन गर्दै बीएफआईएन, श्रीलंका र भारतका विज्ञहरु सहभागि हुने

साईबर सुरक्षा सम्बन्धी सम्मेलन गर्दै बीएफआईएन, श्रीलंका र भारतका विज्ञहरु सहभागि हुने



काठमाडौं । बैकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल लिमिटेड (बीएफआईएन)ले साईबर सुरक्षा सम्बन्धी सम्मेलन आयोजना गर्ने भएको छ । बीएफआईएनले शुक्रबार साईबर खतराबाट वित्तीय सेवाहरुको सुरक्षा सम्बन्धी एक दिने सम्मेलनको आयोजना गर्न लागेको हो ।

laxmi

नेपालमा बिगतमा साईबर क्राईमहरु बढ्दै गएकाले र यो बिषय नेपालको लागि नौलो समेत भएकाले उक्त सम्मेलनको आयोजना गर्न लागिएको हो । उक्त सम्मेलनमा श्रिलंका तथा केपीएमजी भारतबाट आएका विशेषज्ञहरुले बैंक तथा बित्तीय संस्थाहरुलाई साईबर थ्रेट तथा फ्रड सम्बन्धी ज्ञान दिनेछन । उक्त सम्मेलनमा नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाका उच्च पदस्थ कर्मचारीको सहभागिता हुने बीएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले जानकारी दिए ।

नेपालमा बिगतमा साईबर आक्रमण हुनुले भावी दिनहरुमा हुन सक्ने त्यस्ता आक्रमण कसरी समाधान गर्ने भन्ने उक्त सम्मेलनको मुख्य उद्धेश्य रहेको छ ।

उक्त सम्मेलनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीका संचालकहरु, उच्च पदस्थ कर्मचारीहरु, सुचना तथा संचार विभागका प्रमुखहरु र कर्मचारीहरु, उद्योगी व्यवसायीहरु को ज्ञान बृद्धि गर्नमा योगदान पुग्ने विश्वास आयोजकको रहेको छ ।

उक्त सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका कायममुकायम गर्भनर चिन्तामणी सिवाकोटीले गर्ने कार्यक्रम रहेको छ । तत्पश्चात सर्वप्रथम श्रीलङ्काका साइबर सुरक्षा विशेषज्ञ सुजित कृस्टीले साइबर सुरक्षा भुदृश्य र बित्तीय क्षेत्रमा बढ्दै गरेका ह्याकर र साइबर खतरा ः समस्या, चुनौती र समाधानका उपायहरु बिषयमा आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उक्त सेसनको अध्यक्षता भारतको केपिएम्जिका कुनाल पाण्डेले गर्दै आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL