Logo

ह्यात होटलमा एनआरएनको ताण्डव नृत्य, अन्ततः कागजी प्रक्रियाबाटै सुरु भयो मतदान

ह्यात होटलमा एनआरएनको ताण्डव नृत्य, अन्ततः कागजी प्रक्रियाबाटै सुरु भयो मतदान



काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) को निर्वाचन कागजी प्रक्रियाबाटै सुरु भएको छ । विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने भनिएपनि भोटिङका लागि प्रयोगमा ल्याइएको भोटिङ मिसिनले काम नगरेपछि कागजी प्रक्रियाबाटै मतदान सुरु गरिएको एनआरएनए निर्वाचन कमिटिका सह संयोजक केपी पाण्डेले जानकारी दिए ।

laxmi

एआरएनको निर्वाचन बुधबार नै हुनेगरी कार्यतालिक सार्वजनिक गरिएको थियो । तर निर्वाचनमा होमिएका दुई पक्षबीच ‘ग्याङफाइट’ परेपछि आजका लागि सारिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

यस अघि एनआएनको निर्वाचनमा आन्तरिक रुपमा पार्टीगत उम्मेदवार भएपनि बाह्य रुपमा स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिँदै आएका थिए । तर, यस पटकको निर्वाचनमा दुबै उम्मेदवारहरु नेकपा र नेपाली कांग्रेसको ट्याग झुण्ड्याएर चुनावी मैदानमा होमिएका छन् । जसका कारण दुबै पक्षबीच झगडा भई बुधबार निर्वाचन स्थल ह्यात होटल समेत तोडफोड भएको थियो ।

दुबै पक्षको लफडाको बावजुद बुधबार करिब १ सय जनाले विद्युतीय मेसिनबाबाटै मतदान गरेका थिए । तर प्राविधिक समस्या आएको भन्दै राति ११ बजे मतदान रोकिएको थियो । एनआरएनएले विद्युतीय भोटिङका लागि कुल ३६ वटा मेसिन ल्याएको थियो । जसमध्ये २ वटाले मात्रै काम गरेको भन्दै निर्वाचन समितिले अब कागजी प्रक्रियाबाट मतदान सुरु गरेको बताएको छ । सो मतदानमा २५ सय ७० मतदाता सहमागी भएका छन्

एनआएनको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा नेकपाको तर्फबाट कुमार पन्त र नेपाली काग्रेसको तर्फबाट कुल आचार्यको तर्फबाट प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL