Logo

काँग्रेसको व्यवहार आश्चार्यजनक, लोकतन्त्रलाई धराशायी बनाउने काम भयो

काँग्रेसको व्यवहार आश्चार्यजनक, लोकतन्त्रलाई धराशायी बनाउने काम भयो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मङगलबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै काँग्रेसको पछिल्लो व्यवहार आश्चार्यजनक भएको बताएका छन ।

laxmi

प्रधानमन्त्री ओलीले भने, ‘काँग्रेसको यस्तै ब्यवहार हुने हो भने जनताले ल्याएको लोकतान्त्रिक अभ्यास अघि बढन सकिँदैन ।’ मंगलबार संसदमा सम्बोधन गर्न रोष्टममा पुगिसकेका बेला विपक्षी सांसदहरुले नाराबाजी गरे पछि बोल्न नपाएका प्रम ओलीले पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन ।

यसअघि प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले समसामयिक विषयमा गर्ने भनिएको सम्बोधन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण रोकिएको थियो । यसैबीच प्रम ओलीले गुठी विधेयक फिर्ता गर्ने भुमिसुधार मन्त्री पद्दमा अर्यालको निर्णय ह्वाईट निर्णय भएको र आफुले त्यसलाई समर्थन गर्ने बताए ।

उनले पत्रकार सम्मेलन मार्फत सरकार जुनसुकै समस्या सुन्न तयार रहेको समेत जानकारी दिएका छन । पटक पटक लडेर ल्याएको लोकतन्त्रलाई धराशायी बनाउने काम भएको भन्दै प्रम ओलीले जनताको भावनासँग नखेल्न समेत राजनीतिक शक्तिहरुलाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL