Logo

पाल्पामा जमिनमुनीबाट निस्कियो प्राकृतिक ग्याँस, ग्याँस बलेको हेर्न स्थानीयको भीड

पाल्पामा जमिनमुनीबाट निस्कियो प्राकृतिक ग्याँस, ग्याँस बलेको हेर्न स्थानीयको भीड



काठमाडौं । माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्केको स्थानीय राजकुमार पन्थीले बताए ।

laxmi

स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । जमीनमुनि गाडेको पाइपबाट ग्याँसको गन्ध आएपछि उक्त ग्याँसमा आगो सल्काउँदा आगो बले पछि अहिले उक्त स्थानमा हेर्नेको भिड लागिरहेको पन्थीले जानकारी दिएका छन ।

सो क्षेत्रमा फलाम खानी, कोइला, चुनढुङ्गा खानी प्रशस्त रहेको भए पनि ग्याँस देखिएको भने पहिलो पटक भएको स्थानीयहरुले बताएका छन । उक्त ग्याँसलाई विस्तृृत अध्ययन अनुसन्धान गरी वैज्ञानिक रुपमा प्रयोग गर्नुपर्ने स्थानीयको भनाई रहेको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL