Logo

महासंघमा चुलियो विवाद, कोषाध्यक्ष प्रधानको मौखिक राजिनामा नै स्वीकृत, लिखित आज बुझाउँदै

महासंघमा चुलियो विवाद, कोषाध्यक्ष प्रधानको मौखिक राजिनामा नै स्वीकृत, लिखित आज बुझाउँदै



काठमाडौं । पत्रकारले उपलब्ध गराएको अडियो रेकर्ड काण्डपछि नेपाल उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले मौखिक रुपमा दिएको राजिनामा स्वीकृति भएको छ ।

आईतबार महासंघको कार्यकारीणी समितिको बैंठकमा अडियो रेकर्ड काण्डपछि प्रधानले बोल्ने क्रममा मौखिक रुपमा राजिनामा दिएर निष्किएपछि बैंठकले सो राजिनामा स्वीकृत गरेको महासंघका कार्यसमिति सदस्यले जानकारी दिए । ‘हिजो कोषाध्यक्षज्यूले आफुले बोल्ने क्रममा अडियो रेकर्डकै कारण मौखिक रुपमा राजिनामा दिएर निष्कनु भएको थियो,’ ती सदस्यले भने, ‘बैंठकले हिजैको माइनुटमा उनको राजिनामा स्वीकृति गरिसक्यो ।’

तर, प्रधानले भने आफ्नो लिखित राजिनामा आज बुझाउने जानकारीमा आएको समेत ती सदस्यले जानकारी दिए । विधान शंसोधनजस्ता विषयबाट विवादमा आएको महासंघ पछिल्लो समय भएको कृषि उद्यम केन्द्रको काण्डबाट छताछुल्ल भएको छ ।

प्रधानले मौखिक रुपमा राजिनामा दिएपनि स्वीकृति गर्ने वा नगर्ने भन्ने विषयमा अन्य सदस्यहरुले फरक फरक मत राखेपनि अन्तमा राजिनामा स्वीकृत भएको हो । आईतबार भएको बैठकले अध्यक्ष भवानी राणाले कोषाध्यक्ष प्रधानलाई महासंघको गरिमामा आच आउनेगरी बाहिर अनावश्यक बोल्दै हिडेको भन्दै प्रधानको अडियो रेकर्ड बजाएर सुनाएकी थिईन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL