Logo

कोरम नपुगे पछि विकास समिति पुनर्निर्माण बैठक स्थगित, विकास निर्माणमा सांसदकै हेलचेक्र्याई

कोरम नपुगे पछि विकास समिति पुनर्निर्माण बैठक स्थगित, विकास निर्माणमा सांसदकै हेलचेक्र्याई



काठमाडौं । आज बसेको विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।

राष्ट्रिय पुनर्निर्माण सम्बन्धी बसेको बैठकमा कोरम नपुगेपछि अर्को सुचना नआए सम्म बैठक स्थगित गरेको सभापति कल्याणी कुमारी खडकाले जानकारी दिएकी हुन ।

विकास समितिको आजको बैठकमा राष्ट्रिय पुनर्निर्माणको कार्य प्रगति, समस्या एवं चुनौतिहरु लगायतका विषयमा छलफल हुने भएता पनि अधिकांश सांसदहरु जिल्लामा भएकाले बैठक स्थगित गर्नु परेको हो ।

जम्मा २६ जना सांसद रहेको समितिको आजको बैठकमा ११ जना मात्रै उपस्थीत भए पछि अर्को सुचना नआए सम्म बैठक स्थगित गरिएको हो ।

निर्धारित समय भन्दा आधा घण्टा सम्म पनि उपस्थीत नभए कोरम नपुगेको भन्दै स्थगित गर्ने विकास समितिको नियममा उल्लेख गरिएको शाखा अधिकृत खेम बहादुर थापाले जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL