Logo

काठमाडौंकी फोहोरमाण्डु ?, चारैतिर फैलीयो दुर्गन्ध, कामपा भन्छ अझै दुई दिन पर्खनुस

काठमाडौंकी फोहोरमाण्डु ?, चारैतिर फैलीयो दुर्गन्ध, कामपा भन्छ अझै दुई दिन पर्खनुस



काठमाडौंं । काठमाडौं उपत्यकाको पहिले देखि रहिआएको विशेषता पानी परेको बेला हिलो र घाम लागेको बेला धुलोमा एक अर्काे नयाँ विशेषता थपिएको छ । अहिले काठमाडौंका कतिपय स्थानमा मानिसको उचाइभन्दा ठुलो फोहोको खात देख्न पाइन्छ ।

त्यस्तो फोहोरको खात दिउँसो घाम लागेको बेला खपिनसक्नु हुनेगरी गन्हाउँछ । त्यस्तै एक उदाहरण हो काठमाडौ कालीमाटी चोकको । कालीमाटी चोकबाट बल्खुतिर जाने बाटोको दुबैतिर फोहोरका धेरै ठुला थुप्राहरु देख्न सकिन्छ ।

उक्त फोहोर पानीपरेको बेला बगाएर बाटोभरी फिजीने र घाम लागेको बेला त्यही बगेको फोहोर उडेर पसलभित्र पस्ने तथा जम्मा भएको फोहोर गन्हाउने गरेको सोही ठाउँमा किराना पसल गर्दै आएका किरण तामाङ बताउँछन । ‘लगभग २ हप्ता जती भयो यो फोहोर नउठेको,’ उनले भने, ‘पहिला पहिला हरेक दिनजसो उठ्ने यो फोहोर २ हप्ता हुँदासम्म पनि नउठ्दा सिङ्गो कालीमाटी नै दुर्गन्धमय भएको छ ।’

यो समस्या कालीमाटीको मात्रै नभएर सिङगो काठमाडौं उपत्यकाको हो । उपत्यकाका चावहिल, गौशाला, कलङ्की, स्युचाटार लगायतका हरेकजसो स्थानमा यो समस्या पछिल्लो ३ हप्तादेखि रही आएको छ । तर, काठमाडौं महानगरपालीकाले भने फोहोर व्यवस्थापन गर्ने स्थानसम्म फोहोर लैजान नपाउँदा फोहोर थुप्रिन गएको बताएको छ ।

यसका साथै भारी बर्षाका कारणले केहिदिन अघी फोहोर फाल्ने ठाउँ ल्यान्फील साईट जाने बाटो विग्रेको थियो । जसले गर्दा सो स्थानसम्म सवारी साधनहरु आहोरदोहोर गर्न अप्ठ्यारो भईरहेको कामपाका निर्देशक वशन्त आचार्यले जानकारी दिए । साथै हाल सो बाटो बनिसकेको र फोहोर लैजाने काम सुचारु भएकाले अबको २ दिनसम्मका काठमाडौ उपत्यकाको पुरै फोहोर उठाएर सक्ने कामपा फोहोरमैला व्यवस्थापन विभागका विभागीय प्रमुख हरी कँुवर बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL