Logo

ट्याक्सी मिटरमा हिँड्न मानिरहेको छैन ?, १०३ मा खवर गर्नुहोस

ट्याक्सी मिटरमा हिँड्न मानिरहेको छैन ?, १०३ मा खवर गर्नुहोस



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ ।

महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक गुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको जानकारी दिए ।उनले भने, ‘पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ ।’

उनले ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत आग्रह गरेका छन ।

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले ३ हजारदेखि ५ हजारसम्म जरिवानासमेत गर्ने गरेको छ ।सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको जानकारी दिए ।

महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा हिँड््न नमान्ने झण्डै ४ हजार ट्याक्सीलाई कारबाही गरिसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL